औद्योगिक व्यापार मेलामा ११ करोडको आर्थिक कारोबार, १५० हजारद्धारा अवलोकन

<p>पोखरा, ५ पुस । राष्ट्रिय औद्योगिक व्यापार मेलामा ११ करोडभन्दा बढी रुपैयाँको आर्थिक कारोबार भएको छ । गत मंसिर २३ बाट सुरु भई सोमबार सम्पन्न भएको सो मेलामा उक्त रकम बराबरको कारोबार भएको सङ्घका महासचिव दामु अधिकारीले जानकारी दिए। ‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरा प्रदर्शनी केन्द्रमा आयोजित सो [&hellip;]</p>

पोखरा, ५ पुस । राष्ट्रिय औद्योगिक व्यापार मेलामा ११ करोडभन्दा बढी रुपैयाँको आर्थिक कारोबार भएको छ । गत मंसिर २३ बाट सुरु भई सोमबार सम्पन्न भएको सो मेलामा उक्त रकम बराबरको कारोबार भएको सङ्घका महासचिव दामु अधिकारीले जानकारी दिए।

‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरा प्रदर्शनी केन्द्रमा आयोजित सो मेलामा एक लाख ५० हजार दर्शकले अवलोकन गरेका थिए ।

औद्योगिक, कृषिजन्य तथा हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरूको प्रवद्र्धन र वजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले आयोजना गरिएको सो मेलामा २९५ स्टल राखिएको थियो ।

बृहत विज्ञान प्रदर्शनी सम्पन्न

विज्ञान तथा प्रविधि संस्थान र एआरनेस गु्रप टेक्निकल साइन्सको संयुक्त आयोजनामा सञ्चालन भएको बृहत विज्ञान प्रदर्शनी आज सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन भएको सो प्रदर्शनीमा विज्ञान तथा प्रविधि संस्थान, क्याम्पस र माध्यमिक विद्यालयलगायत कास्की जिल्लाका २० वटा संस्थाका विज्ञान विषय लिएर अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । रासस

Share News