तातोपानी नाका खुलाउँन चीन सहमत, नेपालचीन व्यापारमा सहज हुने

<p>काठमाडौं ५, पुस । चीनले तातोपानी नाका खोल्ने प्रतिवद्धता व्यक्त गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा लिउले चाँडै तातोपानी नाका खुलाउने प्रतिवद्धता व्यक्त गरेका हुन्। प्रधानमन्त्री दाहालले तातोपानी नाका नेपालचीनबीच सम्बन्धको प्रतिक भएको भन्दै नाका नखुल्दा नेपाललाई अप्ठेरो परेको बताएका थीए। लिउले नेपालसँग सम्बन्ध [&hellip;]</p>

काठमाडौं ५, पुस । चीनले तातोपानी नाका खोल्ने प्रतिवद्धता व्यक्त गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा लिउले चाँडै तातोपानी नाका खुलाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।tatopani-1-1

प्रधानमन्त्री दाहालले तातोपानी नाका नेपालचीनबीच सम्बन्धको प्रतिक भएको भन्दै नाका नखुल्दा नेपाललाई अप्ठेरो परेको बताएका थीए।
लिउले नेपालसँग सम्बन्ध विस्तार गर्न चाहेको उल्लेख गर्दै चाँडै तातोपानी नाका खोल्ने बताए।

नेपाल भ्रमणमा रहेका लिउले सोमबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँगको भेटमा अर्का चिनीयाँ नेता गुओले पनि तातोपानी नाका खोल्ने बताउका थिए।

नेपालका नेताहरुसँगको भेटमा लिउले चीनले नेपालको समृद्धि देख्न चाहेको र त्यसका लागि चीन सहयोग गर्न तयार रहेको वताएका थिए। नयाँ पत्रिका दैनिकबाट ।

Share News