काठमाडौं, ४ पुस । आईएमई लिमिटेडले आफ्ना १० उत्कृष्ट व्यावसायीक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ । कम्पनीका अनुसार उक्त भ्रमणमा २०७२ साल पौष देखि २०७३ साल असारसम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा १० उत्कृष्ट व्यवसायीक साझेदारहरु समेटिएका थिए।

कम्पनीको १ सय ४९ आईएमई सेन्टर सहित ७५ जिल्लाका ५,४०० सयभन्दा बढी सव–एजेन्टहरु रहेका छन् । हाल कम्पनीले बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कमाएको रकम देशका विभिन्न ठाँउममा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।