नेप्से परिसूचक दोहोरो अंकले तल झर्यो, सबै सूचक राताम्मे

<p>काठमाडौं, ४ पुस । आइतबार सामान्य अंकले बढेको बजार सोमबार फेरि दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ दशमलब ४७ अंकले घटेर १५१४ अंकमा अडिएको छ । सोमबार ५६ करोड १६ लाख रुपैयाँको किनबेच भएको छ । कम्पनीको १३७ कम्पनीको ६ लाख ८९ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा कारोबार भएका सबै [&hellip;]</p>

nepse_mondayकाठमाडौं, ४ पुस । आइतबार सामान्य अंकले बढेको बजार सोमबार फेरि दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ दशमलब ४७ अंकले घटेर १५१४ अंकमा अडिएको छ ।

सोमबार ५६ करोड १६ लाख रुपैयाँको किनबेच भएको छ । कम्पनीको १३७ कम्पनीको ६ लाख ८९ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजारमा कारोबार भएका सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमाको परिसूचक १०३ अंकले ओरालो झरेको छ । त्यस्तै, बैकिंङ्, हाइड्रोपावर र होटलको परिसुचक दोहोरो अंकले ओरालो लागेका छन् भने उत्तपादनमूलक समूहको परिसूचक भने सामान्य अंक (स्थिर) अवस्थामा रहेका छन् ।

सो दिन  सबैभन्दा बढी एमबी इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशले बढेको छ । एभरेष्ट बैंकको १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार उक्त बैंकको सेयर मूल्य प्रतिकित्ता ३ हजार २७१ रुपैयाँ रहेको छ ।

Share News