प्रभु बैंकको नयाँ शाखा मनाङमा सञ्चालन

<p>काठमाडौं, ३ पुस । आइतबारदेखि प्रभु बैंकले मनाङ जिल्लाको चामेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले यूके एड “सक्षम” को सहकार्यमा उक्त स्थानमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । साथै धारापानी,अपर मनाङ, ताल, ढुकुरपोखरी र [&hellip;]</p>

prabhu_bank_manang_branchकाठमाडौं, ३ पुस । आइतबारदेखि प्रभु बैंकले मनाङ जिल्लाको चामेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले यूके एड “सक्षम” को सहकार्यमा उक्त स्थानमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । साथै धारापानी,अपर मनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखा रहित बैंकिङ्ग सेवापनि सञ्चालनमा ल्याइएकोे बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News