आर्थिक प्रलोभनमा पारी युवतीहरुलाई ओमानसम्म पुर्याउने तीन नेपाली प्रहरीद्धारा पक्राउ

<p>काठमाडौं, ३ पुस । नेपाली युवतीहरुलाई आकर्षक तलव भत्ता पाइने भन्दै बैदेशिक रोजगारीका क्रममा ओमानमा लैजाने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ति गिरोहले आर्थिक रुपमा विपन्न नेपाली युवतीहरुलाई राम्रो जागिर र तलव पाइन्छ भन्दै ओमानमा लैजाने गरेको पाइएको छ । पक्राउ पर्नेहरुमा नवलपरासीका ३५ बर्षीय राज कुमार खरेल, ताप्लेजुङका ४६ पूर्ण बहादुर लिम्बु [&hellip;]</p>

काठमाडौं, ३ पुस । नेपाली युवतीहरुलाई आकर्षक तलव भत्ता पाइने भन्दै बैदेशिक रोजगारीका क्रममा ओमानमा लैजाने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ति गिरोहले आर्थिक रुपमा विपन्न नेपाली युवतीहरुलाई राम्रो जागिर र तलव पाइन्छ भन्दै ओमानमा लैजाने गरेको पाइएको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासीका ३५ बर्षीय राज कुमार खरेल, ताप्लेजुङका ४६ पूर्ण बहादुर लिम्बु र रुपन्देहीका ४१ बर्षीय हरिप्रसाद थारु रहेको प्रहरीले जनाएको छ । उनीहरु कुवेत पठाई काम दिलाउने भनि नेपालको सुनौलीबाट भारतको नयाँ दिल्ली, श्रीलंका हुँदै कुवेत तथा दुवईबाट ओमानसम्म पठाउने कार्यमा सम्लग्न रहेको प्रहरीले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले दिल्ली, श्रीलंका, कुवेत दुवइ तथा ओमानमा युवतीहरूको शारीरिक तथा मानसिक यातना तथा यौन हिंसा हुने गरेको पाइएको जानकारी दिएको छ ।
उनीहरुलाई प्रहरीले मानब बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

Share News