काठमाडौं २, पुस । मञ्जुश्री फाइनान्स लिमिटेडले हालको चुक्ता पूँजी ६८ करोड ९२ लाख रुपैयाँको १४ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । यो बैंकले १४ प्रतिशतका दरले ६८ करोड ९२ लाखमा साढे तीन करोड रुपैयाँ बोनस सेयर थप गर्ने भएको छ । यो बोनस सेयर जारी गरेपछि फाइनान्सको चुक्ता पूँजी ७२ करोड ४३ लाख हुने भएको छ । 
फाइनान्सको शुक्रबार बसेको संचालक समितिको बैंठकले बोनस सेयरको स्वीकृति गर्ने, उपयुक्त वित्तीय संस्थासँगको मर्जर वा एक्विजिसनको स्वीकृतिका लागि बैंकले साधारण सभाबाट पारित गराउने निर्णय गरेको छ ।
फाइनान्सले आगामी पुस २९ गते बोलाएको नावौ वार्षिक साधारण सभामा प्रस्तुत गर्ने विशेष प्रस्तावमार्फत यस्तो निर्णयको स्वीकृति लिने भएको छ ।
साधारण सभाबाट गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय अवस्थाको प्रस्ताव पनि पारित गराउने जानकारी फाइनान्सले दिएको छ ।