निक्षेप ग्यारेन्टी हुने गरी ऐन ल्याउँछौं–मन्त्री थानी

<p>काठमाडौं, १ पुस । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारीका निक्षेपकर्ताहरुको पैसा ग्यारैन्टी हुने गरी ऐन ल्याउने बताएका छन् । उनले सहकारीमा निक्षेपकर्ताको रकमको सुरक्षा नभएको भन्दै आफू मन्त्री भएकै बेलामा निक्षेप सुरक्षित हुने गरी ऐन ल्याउने बताए ।  नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कुन)को २५ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री [&hellip;]</p>

काठमाडौं, १ पुस । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारीका निक्षेपकर्ताहरुको पैसा ग्यारैन्टी हुने गरी ऐन ल्याउने बताएका छन् । उनले सहकारीमा निक्षेपकर्ताको रकमको सुरक्षा नभएको भन्दै आफू मन्त्री भएकै बेलामा निक्षेप सुरक्षित हुने गरी ऐन ल्याउने बताए । thani

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कुन)को २५ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री थानीले सो कुरा बताएका हुन् । सहकारी सदस्यहरुको हितमा केन्द्रित हुनुपर्ने बताउँदै उनले भने, ‘सदस्यको निक्षेपको ग्यारेन्टी हुनेगरी ऐन ल्याउँछौं, कसैलाई डुव्न दिदैनौ ’ ।

सदस्य दुब्लाउने र संस्था मोटाउने काम हुनु नराम्रो भएको उनको भनाइ थियो । ऋणीलाई जिम्मेवार बनाउन र गलत ऋणी पहिचान हुने गरी ऐनमा समावेश गरिने मन्त्री थानीले बताए ।
सहकारी सिद्वान्त, भावना अनुकुल ऐन ल्याउने विश्वास व्यक्त गर्दै मन्त्री थानीले भने–‘ऐन सहकारीमैत्री नै आउँछ’ सहकारी अभियानले भनेबमोजिम सबै कुरा भने समावेश गर्न नसकिने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीले सहकारमैत्री ऐन ल्याउन आग्रह गरे । ‘प्रस्तावित ऐन हाम्रो अनुकुल छैन्, उनले भने– ‘सहकारीमैत्री ऐन आए सहकारीले आर्थिक विकासमा योगदान दिन सक्छ ।’ सहकारीले मानिसको जीवनस्तर सुधार गर्न सक्नुपर्ने उनको भनाई थियो ।

नेकपा एमाले सहकारी विभाग प्रमुख पशुपति चौलागाईले सहकारीमा सबै अट्न सक्ने भएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए । सबैको भावना अनुलकुल हुने गरी ऐन ल्याइन आफूहरु क्रियाशील भएको उनले बताए ।

Share News