काठमाडौं, १ पुस । जेबिल्स फाइनान्स लिमिटेडको १२ दशमलब प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । साथै, फाइनान्सले प्रस्ताव गरेको शून्य दशमलब ६५७९ प्रतिशत नगद लाभांश वितरण गर्न राष्ट्र बैंकले स्वीकृति दिएको छ ।
राष्ट्र बैंकद्धारा स्वीकृत फाइनान्सको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।