बढ्दैछ केमिकल फोबिया, कहाँ जान्छ १५ अर्ब ९४ करोड रुपैयाँको बिषादी ?

<p>काठमाडौं, १ पुस । केमिकल अर्थात बिषादी बिनाको जिवन असम्भव जस्तै बन्दै गएको तथ्य नेपालले आयात गरिरहेको बिषादीको तथ्यांकले पुष्टि गर्छ । प्रत्येक बर्ष वृद्धि भैरहेको विषादीको आयातले नेपाली जनजिवनमा केमिकल फोबिया बढिरहेको देखाउँछ । आर्थिक बर्ष २०७२/७३ सालमा मात्रै १५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको बिभिन्न केमिकल आयात भएको छ । यसरी आयात [&hellip;]</p>

fertiiliserकाठमाडौं, १ पुस । केमिकल अर्थात बिषादी बिनाको जिवन असम्भव जस्तै बन्दै गएको तथ्य नेपालले आयात गरिरहेको बिषादीको तथ्यांकले पुष्टि गर्छ । प्रत्येक बर्ष वृद्धि भैरहेको विषादीको आयातले नेपाली जनजिवनमा केमिकल फोबिया बढिरहेको देखाउँछ ।

आर्थिक बर्ष २०७२/७३ सालमा मात्रै १५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको बिभिन्न केमिकल आयात भएको छ । यसरी आयात भएको अधिकांश बिषादी नेपालीको रगतसम्म पुगेको छ । यी केमिकलहरु अधिकांश अन्न तथा फलफुल र तरकारी उत्पादन र पशुपंक्षिमा प्रयोग भएका छन् । यसरी प्रयोग भएको बिषादी तीनै उत्पादनका माध्यमबाट नेपालीको रक्त सञ्चार प्रणालीसँग जोडिन पुगेका छन् ।

कृषि विकास मन्त्रालयको बाली सरक्षण निर्देशनालयका प्रमुख डिल्ली शर्माका अनुसार तरकारी तथा फलफुलमा प्रयोग हुने बिषादी मात्रै ५० औं करोडको आयात भैरहेको छ । सन १९९७ मा बालीमा प्रयोग हुने ५० मेट्रिक टन बिषादी आयात भएको थियो ।

fertlizers_8तर गत आर्थिक बर्षमा त्यसको मात्रा बढेर ४५४ मेट्रिकटन पुगेको शर्माले बताए । यसरी आयात भएका बिषादीमध्ये ८० देखि ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुने पनि उनले जानकारी दिए ।‘तरकारीमा प्रयोग भएका बिषादी मानिसको रक्तसञ्चार प्रणलीसँग जोडिन पुग्छ, जसले स्वास्थ्यमा असर गर्छ नै’, शर्माले भने ।

यद्यपी दक्षिण एसियामा भुटानपछि नेपालमा सबै भन्दा कम मात्रामा बिषादी प्रयोग हुने गरेको पनि उनले दावी गरे । ‘नेपालमा प्रति हेक्टर ३९६ ग्राम बिषादी उपयोग हुने गरेको छ, जुन अन्य देशको तुलनामा निकै कम हो’, शर्माले भने ।
उनले बिषादीको प्रयोगलाई घटाउन जैविक बिषादी उत्पादन तथा प्रयोगमा जोड दिँदै आएको पनि बताए । नेपालमा युरिया, अमोनियम सल्फेट, अमोनियम नाइट्रेट, सोडियम नाइट्रेट, सुपर फोस्फेट, पोटासियम क्लोइराट, पोटासियम सल्फेट, पोटास लगायतका बिषादी आयात हुने गरेका छन् ।

यस्ता बिषादीको आयात पछिल्ला बर्षमा वृद्धि भैरहेको देखिन्छ । आर्थिक बर्ष २०७०/७१ मा १४ अर्ब ७३ करोड मुल्य बराबरका यस्ता केमिकल बिषादी आयात भएका थिए भने आव २०७१/७२ मा १५ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

Share News