बैंक अफ काठमाण्डू लुम्बिनीले साढे २३ प्रतिशत बोनस सेयर दिने, चुक्ता पूँजी पाँच अर्ब ६३ करोड पुग्ने

<p>काठमाडौं, ३० मंसिर। बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट  साढे २३ प्रतिशत बाेनस सेयर वितरणा गर्ने प्रस्ताव गरेको छ। बैंकको विहीबार बसेको सञ्चालक समितिको निर्णय बमोजिम बोनस सेयर वापत बैंकले एक अर्व पाँच करोड २६ लाख रुपैयाँ वितरण गर्नेछ।   बाेनस सेयर नेपाल राष्ट्र बैंकको सहमति र  बैंकको साधारण सभाको स्वीकृतिपछि वितरण [&hellip;]</p>

काठमाडौं, ३० मंसिर। बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट  साढे २३ प्रतिशत बाेनस सेयर वितरणा गर्ने प्रस्ताव गरेको छ। बैंकको विहीबार बसेको सञ्चालक समितिको निर्णय बमोजिम बोनस सेयर वापत बैंकले एक अर्व पाँच करोड २६ लाख रुपैयाँ वितरण गर्नेछ।
 bokl
बाेनस सेयर नेपाल राष्ट्र बैंकको सहमति र  बैंकको साधारण सभाको स्वीकृतिपछि वितरण हुनेछ। बाेनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी पाँच अर्ब ६३ करोड रुपैयाँ पुग्ने बैंकले जनाएकाे छ ।
गत आर्थिक वर्षको अन्तिमसम्म  बैंकको कुल निक्षेप  ६७ अर्व ८३  करोड छ भने कर्जा ६० अर्व ३१ करोड रुपैयाँ छ। हाल बैंकको ७४ शाखा, ६६ एटिएम, सात वटा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा उपलब्ध गराउदै आएकोे छ।  बैंकले आगामी वर्षहरुमा दुर्गम, ग्रामीण क्षेत्र र नगरोन्मुख गाउँमा सेवा विस्तार गर्ने नीति लिएको विहिवार जारी प्रेस विज्ञप्तीमा छ ।

Share News