तीन कम्पनीले गरे साधारणसभाको घोषणा, कहिले कहिले हुँदै छ?

<p>काठमाडौं, ३० मंसिर । बिहीबार मात्र तीन वटा कम्पनीले साधारणसभाको घोषणा गरेका छन् । हिमालय बैंकले आगामी पुस २२ गते साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस ६ गतेदेखि पुस २२ गतेसम्म बैंकको बुक क्लोज हुने छ । त्यस्तै, गुह्ेश्वरी मर्चेन्ट बैंकको पनि १५औँ वार्षिक साधारणसभा पुस २२ गते नै हुने भएको छ । [&hellip;]</p>

agmकाठमाडौं, ३० मंसिर । बिहीबार मात्र तीन वटा कम्पनीले साधारणसभाको घोषणा गरेका छन् । हिमालय बैंकले आगामी पुस २२ गते साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस ६ गतेदेखि पुस २२ गतेसम्म बैंकको बुक क्लोज हुने छ ।

त्यस्तै, गुह्ेश्वरी मर्चेन्ट बैंकको पनि १५औँ वार्षिक साधारणसभा पुस २२ गते नै हुने भएको छ । सो प्रयोजनको लागि आगामी पुस ७ गतेदेखि पुस २२ गतेसम्म बैंकको बुक क्लोज हुने भएको छ । उक्त निर्णय मंसिर १६ गते बसेको बैंकको १७१औँ सञ्चालक समितिको बैठकले गरेको हो ।

त्यसैगरि समीट माइक्रोफाइनान्सले आगामी पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस ८ गतेदेखि पुस २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने बैंकले जनाएको छ ।

Share News