नेप्से परिसूचक दोहोरो अंकले उकालो, तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

<p>काठमाडौं, ३० मंसिर । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार सामान्य अंकले बढेको परिसूचक १३ दशमलब ९८ अंकले बढेर १५३० दशमलब ०६ अंकमा पुगेको छ । बिहीबार ४९ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३८ कम्पनीको ६६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबारको [&hellip;]</p>

nepseकाठमाडौं, ३० मंसिर । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार सामान्य अंकले बढेको परिसूचक १३ दशमलब ९८ अंकले बढेर १५३० दशमलब ०६ अंकमा पुगेको छ । बिहीबार ४९ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३८ कम्पनीको ६६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ ।

बिहीबारको बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । समिट माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका हुन् । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । सो दिन बैंकको ८ करोड रुपैयाँब बढीको सेयर किनबेच भएको छ ।

उत्पादनमूलक समूह बाहेक कारोबार भएका बाँकी सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९२ अंकले बढेको छ । त्यस्तै, होटल, विकास बैंक र बैंकिङ् समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । अन्य समूह स्थिर रहेको छ भने उत्पादनमूलक समूहको परिसूचक ६ अंकले ओरालो लागेको छ ।

Share News