काठमाडौं, ३० मंसिर । नबिल बैंक कर्मचारी सघंले २२ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । उक्त कार्यक्रममा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ७० जना बैकंका कर्मचारीहरु तथा कर्मचारी परिवारहरुले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई नबिल बैंक कर्मचारी सघंबाट प्रशंशापत्र प्रदान गरिएको थियो ।
नबिल बैंक कर्मचारी सघंले आफ्नो वार्षिक उत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । नबिल बैंक कर्मचारी सघंले भविष्यमा पनि यस्तो कार्यक्रम काठमांडौ उपत्यकामा मात्र सिमित नभई उपत्यका बाहिरका बैंकका शाखाहरु मार्फत पनि निरन्तरता दिने योजना बनाएको छ । नेपाल रेड क्रस सोसाईटिले सघंले निरन्तर रुपमा रक्तदान कार्यक्रम राख्दै आएकोमा उक्त योगदानको प्रशंशा गरेको छ ।