अब मन्त्रीले नै उद्योग विभागमा दैनिक एक घण्टा काम गर्ने, कर्मचारीले सेवाग्राहिसँग घुस खाएको अारोप

<p>काठमाडौँ । उद्योगमन्त्री नविन्द्रराज जोशी एवं राज्यमन्त्री कञ्चनचन्द्र वादे पालो मिलाएर दैनिक एक घण्टा उद्योग विभाग बस्ने भएका छन्। विभागका कर्मचारीले सेवाग्राहिसँग घुस खाएको गुनासो अाएपछि मन्त्रि अाफैले निगरानी गर्ने बताएका हुन्। विभागबाट सम्पादन हुने कामका सम्बन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि मन्त्री जोशी बुधबार निरिक्षणका लागि पुगेका थिए। त्यहिँ उनले बिहिबारबाट नै आफु र राज्यमन्त्रीमध्ये [&hellip;]</p>

काठमाडौँ । उद्योगमन्त्री नविन्द्रराज जोशी एवं राज्यमन्त्री कञ्चनचन्द्र वादे पालो मिलाएर दैनिक एक घण्टा उद्योग विभाग बस्ने भएका छन्। विभागका कर्मचारीले सेवाग्राहिसँग घुस खाएको गुनासो अाएपछि मन्त्रि अाफैले निगरानी गर्ने बताएका हुन्।

nabindraraj-joshi

विभागबाट सम्पादन हुने कामका सम्बन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि मन्त्री जोशी बुधबार निरिक्षणका लागि पुगेका थिए। त्यहिँ उनले बिहिबारबाट नै आफु र राज्यमन्त्रीमध्ये एक जना पालो मिलाएर दैनिक एक घण्टा विभागमा बस्ने र कर्मचारीले प्रवाह गर्ने सेवाको अनुगमन गर्ने जानकारी गराएका हुन्।
जोशीले उद्योग विभागबाट कुन समयमा कति काम सम्पन्न गर्ने, कति शुल्क लाग्ने जस्ता विषयमा जानकारी दिन नागरिक वडापत्रलाई चुस्त राख्न पनि कर्मचारीलाई निर्देशन दिए।
‘सेवाग्राहीको काम सकेसम्म एक दिनभित्र सम्पन्न गर्नुहोस्, कर्मचारीलाई सम्बोधन गर्दै उनले भने- कर्मचारीको सेवा सुविधाप्रति सरकार कन्जुस्याईँ गर्दैन। तपाईँहरु पनि कामप्रति जिम्मेवार बन्नुहोस् ।

Share News