लाङ्गटाङ्ग जलविद्युत आयोजनामा चार वाणिज्य बैंकले १ अर्ब ६० करोड लगानी गर्ने सहमति

<p>काठमाडौं, २९ मंसिर । रसुवा जिल्लाको स्याफ्रुवेशी गाविसमा निमार्ण हुन लागेको १० मेगावाट क्षमताको लाङ्गटाङ्ग खोला जलबिद्युत आयोजनामा चार वटा वाणिज्य बैंकले १ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गर्ने भएका छन् । सन् राइज बैंकको अगुवाइमा, सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र जनता बैंक नेपालले संयुक्त सहभागितामा सहवित्तियकरण कर्जा लगानी गर्ने गरी [&hellip;]</p>

lantang_kholaकाठमाडौं, २९ मंसिर । रसुवा जिल्लाको स्याफ्रुवेशी गाविसमा निमार्ण हुन लागेको १० मेगावाट क्षमताको लाङ्गटाङ्ग खोला जलबिद्युत आयोजनामा चार वटा वाणिज्य बैंकले १ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गर्ने भएका छन् । सन् राइज बैंकको अगुवाइमा, सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र जनता बैंक नेपालले संयुक्त सहभागितामा सहवित्तियकरण कर्जा लगानी गर्ने गरी लाङ्गटाङ्ग खोला जलविद्युत आयोजनासँग सहमति गरेका छन् ।

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजना उद्यमी कृष्ण आचार्य समूहले प्रवद्र्धन गरेको मल्टी इनर्जी प्रालिले गरेको हो । कुल लागत २ अर्व १७ करोड रुपैयाँ अनुमान गरिएको उक्त परियोजनामा बैकहरुले रु. १ अर्व ६० करोड रुपैयाँ कर्जा लगानी गर्ने छन् ।

Share News