रिलायबल सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न

<p>काठमाडौं, २९ मंसिर । रिलायबल बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव वडालले हुने र नहुनेबीच असमानताको खाडल भएको विश्व अर्थ व्यवस्थामा सहकारी नै सहयोगी सिद्ध हुने बताए । काठमाडौंबाट नजिकैका बस्तीमा पनि कर्णालीको जस्तो आर्थिक विपन्नता देखिने बताउँदै अध्यक्ष वडालले [&hellip;]</p>

काठमाडौं, २९ मंसिर । रिलायबल बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव वडालले हुने र नहुनेबीच असमानताको खाडल भएको विश्व अर्थ व्यवस्थामा सहकारी नै सहयोगी सिद्ध हुने बताए ।

काठमाडौंबाट नजिकैका बस्तीमा पनि कर्णालीको जस्तो आर्थिक विपन्नता देखिने बताउँदै अध्यक्ष वडालले यस्तो स्थितिको अन्त्य गर्न सहकारी अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताए । कार्यक्रममा अतिथि पूर्वसहकारी सचिव शङ्कर पाण्डेले सहकारीका पदाधिकारी र कर्मचारीको मेहनतले संस्थाले प्रगति गर्न सफल भएको बताउँदै सहकारीमार्फत नै जनताको जीवनस्तर उकास्न सकिने बताए ।

प्रतिवेदन प्रस्तुत गर्दै सांसद तथा संस्थाका अध्यक्ष ओमदेवी मल्लले संस्थाका बचतकर्ता तथा ऋणी एवम् कर्मचारीको लगनशीलताले संस्थाले राम्रो कार्य गरिरहेको र आगामी दिनमा योजनाबद्ध रुपले घरजग्गा लगायतमा लगानी गरिने जानकारी गराएका छन्।
कार्यक्रममा संस्थाका कर्मचारी लेखापाल कृष्णप्रसाद अधिकारी र शान्ति श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रुपमा तथा उत्कृष्ट निक्षेपकर्ता तथा ऋणीलाई पनि सम्मान गरिएको थियो ।

Share News