काठमाडौं, २९ मंसिर । सप्तकोशी डेभलपमेन्ट बैंकले सेयरधनीलाई शतप्रतिशत(१ बराबर १ को अनपात) हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णयलाई राष्ट बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।
बैठकको उक्त निर्णयलाई पारित गर्न बैंकले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । बुधबार बैंकको प्रतिकित्ता सेयर करिब ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।