हाम्रो विकास बैंकले २५ प्रतिशत बोनस र २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

<p>काठमाडौं, २९ मंसिर । हाम्रो विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । नुवाकोट केन्द्रीय कार्यालय रहेको यस बैंकले बोनस सेयर जारी गरेपछि २०० प्रतिशत (१ बराबर २ अनुपातमा ) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय मंगलबार बसेको कम्पनीको सञ्चालक समिति बैंठकले गरेको हो । [&hellip;]</p>

hamro_bikash_bankकाठमाडौं, २९ मंसिर । हाम्रो विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

नुवाकोट केन्द्रीय कार्यालय रहेको यस बैंकले बोनस सेयर जारी गरेपछि २०० प्रतिशत (१ बराबर २ अनुपातमा ) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय मंगलबार बसेको कम्पनीको सञ्चालक समिति बैंठकले गरेको हो । बैठकको उल्लेखित निर्णय अनुमोदन गर्न पुस २९ गते ८औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २९ गतेसम्म बैंकको बुक क्लोज हुने भएको छ ।

हाल बैंकको चुँक्ता पूँजी १२ करोड ५७ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात बैंकको पूँजी १५ करोड ७१ लाख रुपैयाँ पुग्ने छ । बुधबार बजारमा बैंकको प्रतिकित्ता सेयर करिब ५६१ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News