चार महिनामा पौने ४ अर्ब विदेशी लगानीको प्रतिवद्धता, नेपाली बजारमा विदेशी लगानी बढ्दै

<p>काठमाडौं २९, मंसिर । चालू आर्थिक वर्षको पहिलो चार महिनामा पौने ४ अर्ब रुपैयाँको प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० को प्रतिबद्धता प्राप्त भएको छ । पर्यटन, सेवा, खानी, उत्पादनमूलक, कृषि तथा वनस्पति विधाका लागि यो लगानीको प्रतिबद्धता आएको हो । गत वर्षको सोही अवधिमा ३ अर्ब ६४ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । उद्योग [&hellip;]</p>

काठमाडौं २९, मंसिर । चालू आर्थिक वर्षको पहिलो चार महिनामा पौने ४ अर्ब रुपैयाँको प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० को प्रतिबद्धता प्राप्त भएको छ ।

पर्यटन, सेवा, खानी, उत्पादनमूलक, कृषि तथा वनस्पति विधाका लागि यो लगानीको प्रतिबद्धता आएको हो । गत वर्षको सोही अवधिमा ३ अर्ब ६४ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो ।invest-in-nepal

उद्योग विभागले दुई अर्बभन्दा कम लगानीको विदेशी लगानीका परियोजना मात्रै स्वीकृत गर्छ । दुईदेखि १० अर्ब रुपैयाँ औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्बभन्दा बढीका लगानी बोर्डमार्फत भित्रने गरेको छ ।

सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, ऊर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन गरी सात विधामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ ।

चालू आर्थिक वर्षमा १ सय ३९ परियोजनाका लागि ३ अर्ब ४८ करोड रुपैयाँ प्रतिबद्धता आएको छ । विदेशी लगानी प्रतिबद्धतामध्ये सेवा क्षेत्रमा सबैभन्दा धेरै १ अर्ब ३० करोड, पर्यटन १ अर्ब १२ करोड, उत्पादनमूलक ९९ करोड रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।

विदेशीका सबै परियोजना सञ्चालन भएमा ३ हजार ९ सयलाई रोजगारी सिर्जना हुनेछ । “गत वर्ष भूकम्प र नाकाबन्दीका कारण अपेक्षाकृत लगानी आउन सकेन तर चालू वर्षको सुरुवात राम्रो भएको छ,” उनले भने, “चालू वर्षमा हाइड्रोपावर र सेवा क्षेत्रमा धेरै लगानी आउने सम्भावना देखिएको छ ।”

उद्योग विभाग विदेशी लगानी शाखा प्रमुख विपिन राजभण्डारीले भने । अघिल्लो वर्षको तुलनामा गत वर्ष एफडीआई ७८ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष ०७१(७२ मा ६७ अर्ब रुपैयाँको एफडीआई आएकोमा ०७२(७३ मा आउँदा १५ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको थियो । कारोबार दैनिकबाट ।

 

Share News