आइतबार स्थगित गरिएको नेसनल हाइड्रोको साधारणसभा अब पुस १३ गते हुने

<p>काठमाडौं, २७ मंसिर । नेसनल हाइड्रोपावरको वार्षिक साधारणसभा अब पुस १३ गते हुने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले सो दिनको लागि साधारणसभा बोलाएको छ । यस अघि कम्पनीले आइतबार साधारणसभा बोलाएको थियो तर आवश्यक कोरम नपुगेको कारणले स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीको साधारण सभा गर्न ६७ प्रतिशत सेयर [&hellip;]</p>

national_hydroकाठमाडौं, २७ मंसिर । नेसनल हाइड्रोपावरको वार्षिक साधारणसभा अब पुस १३ गते हुने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले सो दिनको लागि साधारणसभा बोलाएको छ ।

यस अघि कम्पनीले आइतबार साधारणसभा बोलाएको थियो तर आवश्यक कोरम नपुगेको कारणले स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीको साधारण सभा गर्न ६७ प्रतिशत सेयर होल्डरको उपस्थिति हुनुपर्ने प्रावधानका कारण आइतबार सभा स्थगित गरिएको थियो । अब पुस १३ गते बोलाइएको सभामा भने २५ प्रतिशत सेयरहोल्डर उपस्थित भए पनि साधारणसभा गर्न कोरम पुग्ने कम्पनीले जनाइएको छ ।

Share News