राजनीतिक शक्तिको बलमा बनेका कालिञ्चोककाे केबुलकारका संरचना जिल्ला वनले भत्कायो

<p>दोलखा, २६ मंसिर । प्रसिद्ध कालिञ्चोक भगवती मन्दिरमा बन्न लागेको केबुलकार वन क्षेत्रभित्र अनुमतिबिना निर्माण हुन लागेको भन्दै जिल्ला वन कार्यालयले निर्माण कार्य रोकेको छ । कालिञ्चोक दर्शन प्रालिले निर्माण गर्न लागेको सो केबुलकार झरेनी सामुदायिक वन क्षेत्रभित्र गैरकानुनी रुपमा वन अतिक्रमण गरेर निर्माण हुन लागेको भन्दै जिल्ला वन कार्यालयले निर्माण रोकेको हो । वन [&hellip;]</p>

kalinchok_cable_carदोलखा, २६ मंसिर । प्रसिद्ध कालिञ्चोक भगवती मन्दिरमा बन्न लागेको केबुलकार वन क्षेत्रभित्र अनुमतिबिना निर्माण हुन लागेको भन्दै जिल्ला वन कार्यालयले निर्माण कार्य रोकेको छ । कालिञ्चोक दर्शन प्रालिले निर्माण गर्न लागेको सो केबुलकार झरेनी सामुदायिक वन क्षेत्रभित्र गैरकानुनी रुपमा वन अतिक्रमण गरेर निर्माण हुन लागेको भन्दै जिल्ला वन कार्यालयले निर्माण रोकेको हो ।

वन कार्यालयको टोली र सामुदायिक वनका उपभोक्ताले कालिञ्चोक गाविसको कुरीमा निर्माण हुँदै गरेको केबुलकार कम्पनीका भवन आज भत्काइदिएका छन् । कालिञ्चोक क्षेत्रस्थित लापिलाङ गाविसको झरेनी सामुदायिक वन क्षेत्रको जग्गाभित्र बन्न लागेको केबुलकारले अनुमति नलिएको र कानुनी प्रक्रिया नपुर्रयाएको जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले बताए ।

कुरीमा निर्माण हुँदै गरेको कार्यालय भवनका झ्याल, ढोका र गाह्रो भत्काएर संरचना हटाइएको छ । झरेनी वन उपभोक्ता समूहका अध्यक्ष हिरा पाण्डेले वन अतिक्रमण गरेर जबर्जस्ती निर्माण थालेकाले उपभोक्ताले स्वःस्फूर्त रुपमा भत्काएको बताए ।

निर्माण गरिँदै गरेको क्षेत्र २०५२ सालपछि ३५ दिने सूचना जारी गरेर जिल्ला वन कार्यालयले स्थानीयलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गरेको क्षेत्र भएको वन अधिकृत भण्डारीले बताए । “उक्त जग्गा गुठीअन्तर्गत पर्ने र गुठी संस्थानबाट स्वीकृति ल्याएको दाबी गरेर वन कार्यालयसँग समन्वय र प्रक्रिया नपुर्रयाएका कारण अर्को व्यवस्था नहुञ्जेलका लागि काम रोक्का गरेका छौँ,” उनले भने ।

केबुलकारको कम्पनी व्यवस्थापन पक्षले भने निर्माण हुन लागेको क्षेत्र जिल्ला वनको नभई गुठीको जग्गा भएकाले गुठी संस्थानसँग सम्झौता गरेको दाबी गरेको छ । केबुलकार निर्माण गर्ने कालिञ्चोक दर्शन प्रालिमा नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, एमालेका जिल्ला नेता बालकृष्ण शिवाकोटीलगायतको लगानी रहेको छ । रासस

Share News