व्यापार मेलामा एकैदिन ३५ लाख रुपैयाँको कारोबार

<p>भक्तपुर, २६ मंसिर । भक्तपुर उद्योग वाणिज्य सङ्घले आफ्नो ५० वर्ष पुगेको अवसरमा भक्तपुरमा पहिलो पटक शुक्रबारदेखि भक्तपुरको सल्लाघारीमा छदिने अन्तर्राष्ट्रिय व्यापार मेला शुरु गरेको छ। मेलाको दोस्रो दिन शनिबार मेला अवलोकन गर्न आउनेको सङ्ख्या १७ हजारभन्दा बढी रहेको मेलाका संयोजक एवम् सङ्घका कोषाध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिए । मेलामा विशेष गरी लत्ताकपडा, घरायसी [&hellip;]</p>

bhaktapur_inernational_trade_fairभक्तपुर, २६ मंसिर । भक्तपुर उद्योग वाणिज्य सङ्घले आफ्नो ५० वर्ष पुगेको अवसरमा भक्तपुरमा पहिलो पटक शुक्रबारदेखि भक्तपुरको सल्लाघारीमा छदिने अन्तर्राष्ट्रिय व्यापार मेला शुरु गरेको छ।

मेलाको दोस्रो दिन शनिबार मेला अवलोकन गर्न आउनेको सङ्ख्या १७ हजारभन्दा बढी रहेको मेलाका संयोजक एवम् सङ्घका कोषाध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिए । मेलामा विशेष गरी लत्ताकपडा, घरायसी सामग्री, विद्युतीय सामग्रीको किनबेच बढी भएको र एकैदिन ३५ लाख रुपैयाँभन्दा बढीको व्यापार भएको जानकारी दिए।

मेलामा नेपाल, भारत, भुटान, चीन, पाकिस्तान, मलेसिया, इन्डोनेसियालगायतका विभिन्न देशमा उत्पादन भएका सामग्रीको प्रदर्शनी एवम् बिक्री कक्ष गरी १७२ वटा कक्ष राखिएको छ । मेलामा प्रवेशका लागि प्रवेश शुल्क ५० रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ, प्रवेश शुल्क तिरेपछि २५ रुपैयाँ ब्यालेन्स भएको एउटा सिमकार्ड वितरणको व्यवस्था गरेको छ ।

प्रवेशमा विद्यार्थीलाई परिचयपत्रका आधारमा ३५ रुपैयाँ लाग्ने र आठ वर्षभन्दा मुनिका बालबालिका, ७० वर्षभन्दा माथिका वृद्धवृद्धा र शारीरिकरुपमा अशक्त व्यक्तिलाई प्रवेश निःशुल्क गरिएको छ ।

मेलामा मौलिक हस्तकलाका उत्पादन, घरेलु तथा लघुउद्यमका उत्पादन, शैक्षिक, सूचना प्रविधि, कृषि उत्पादन, विभिन्न ब्राण्डका सवारीसाधन, दैनिक उपभोग्य तथा घरायसी सामग्री, विद्युतीय सामग्री, फर्निचर एन्ड फर्निसिङका सामग्री, बाल मनोरञ्जनका सामग्री, आयुर्वेदिक सामग्री, एक जिल्ला एक उत्पादनका सामान बिक्रीका लागि राखिएको छ ।

मेलामा मनोरञ्जनका लागि विभिन्न खेल सामग्रीको व्यवस्था गरिएको छ भने फेसन शो लगायत विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको छ ।

नेवारी मौलिक एवम् परम्परागत तथा सांस्कृतिक सामग्रीको उत्पादन, खानाका कक्षसमेत रहेका छन् भने मेला अवधिभर परम्परागत तथा आधुनिक सांस्कृतिक समूहले विभिन्न प्रस्तुति पनि दिएका छन् । रासस

Share News