एनआईसी एशिया बैंकले २० वटा शाखा थप्ने, भिजन २०२० अनुसार सबै शाखा राजधानी बाहिर खुल्दै

<p>काठमाडौं, २६ मंसिर । एनआईसी एशिया बैंकले २० वटा शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । बैंकले भोजपुरको भोजपुर बजार, ओखलढुंगाको रामबगर, रुकुमको मुसीकोट, जागरकोटको खलंगा बजार, जुम्लाको चन्दनथान नगरपालिका, बजाङको चैनपुर, बाजुराको मार्तडी बजार, दार्जुलाको खलंगा बजार, मुगुको गमगडी, कालिकोटको मान्मा गाविसमा नयाँ शाखा खोल्न लागेको हो । त्यस्तै, बैंकले तनहुँको भिमाद, रुपन्देहीको रुद्रपुर, [&hellip;]</p>

काठमाडौं, २६ मंसिर । एनआईसी एशिया बैंकले २० वटा शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । बैंकले भोजपुरको भोजपुर बजार, ओखलढुंगाको रामबगर, रुकुमको मुसीकोट, जागरकोटको खलंगा बजार, जुम्लाको चन्दनथान नगरपालिका, बजाङको चैनपुर, बाजुराको मार्तडी बजार, दार्जुलाको खलंगा बजार, मुगुको गमगडी, कालिकोटको मान्मा गाविसमा नयाँ शाखा खोल्न लागेको हो ।

त्यस्तै, बैंकले तनहुँको भिमाद, रुपन्देहीको रुद्रपुर, सो फर्साटिकर र सालझण्डी नवलपरासीको रामनगर, कास्कीको नयाँपुल, बर्दियाको जयनगर, बाँकेको खजुरा र कैलालीको बौनियामा नयाँ शाखा खोल्न लागेको बैंकले जनाएको छ ।

यस बैंकको हाल शाखा ७४ वटा छन् । त्यसमध्ये ३१ वटा राजधानीमा र ४३ वटा राजधानी बाहिर छन् । बैंकले सन् २०२० सम्मका कुल कर्जामा कर्पोरेट कर्जा २५ प्रतिशत र विपन्न, रिटेल र साना तथा मझ्यौला कर्जा ७५ प्रतिशत पुर्याउने रणनीति लिएको छ । सोही अनुसार पछिल्लो समय बैंकले राजधानी वाहिर मात्र शाखा विस्तार गर्दैछ ।

Share News