काठमाडौँ २६, मंसिर । नेपाल विद्युत प्राधिकरणले सुक्खायाममा मुलुकभर लो डसेडिङ घटाउन आगामी तीन साताभित्रै भारतबाट थप १९० मेगावाट बिजुली आयात गर्ने भएको छ । आगामी दुई महिनाभित्र प्राधिकरणले भारतबाट थप ३० मेगावाट बिजुली आयात गर्न थाल्नेछ ।
प्राधिकरणले कुसाहा–कटैयाबाट ५०, ढल्केबर–मुजफ्फरपुरबाट ८०, परवानीपुर–रक्सौलबाट ५०, टनकपुरबाट ४० मेगावाट गरी थप २२० मेगावाट बिजुली भारतबाट आयात गर्न लागेको हो ।
हिउँद र सुक्खायाम सुरु भइसकेका कारण रन अफ रिभर (नदीको प्रवाहमा आधारित)जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्न थालेको छ ।
राजधानीमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट आयात हुने थप २२० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याउने भएको छ कान्तिपुर दैनिकबाट ।