काठमाडौं २४, मंसिर । विवाहको मुख्य सिजनमा नेपलाी बजारमा सनुनको अभाव देखिएको छ ।केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ । बिहेको सिजनमा सुनको माग प्रायः उच्च रहने गरेको छ ।

लगातार मूल्यमा आएको कमीले बजारमा सुनको माग बढ्दै ग्ए पनि सोही अनुपातमा आपूर्ति नहुँदा अभाव भएको व्यवसायीको भनाई छ ।
“सामान्य अवस्थामा बजारमा दैनिक १५ देखि २० किलो सुनको माग रहेकोमा अहिले बढेर ३० देखि ३५ किलो पुगेको छ,” नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार भन्छन्, “बैंकले दैनिक वितरण गर्ने १५ किलो सुन पर्याप्त नहुँदा बजारमा अभाव देखिएको हो ।” सुनको मूल्य घट्दै गएकोले पनि अहिले उपभोक्ताले धेरै खरिद गर्ने गरेको उनको अनुभव छ ।
सुनचाँदी व्यवसायीले मूल्य घटेका बेला सुन लुकाएर बजारमा कृत्रिम अभाव देखाउने गरेको अपभोक्ताको गुनासो छ । बजारमा मूल्य घट्दै जाँदा व्यवसायीले महँगोमा किनेर सस्तोमा बेच्नु परेपछि कृत्रिम अभाव गराउने गरेका छन् । कारोबार दैनिकबाट ।