काठमाडौं २३, मंसिर । रानीपोखरीका माछा कमलपोखरीमा सारिएको छ। भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण गर्न पोखरी सुकेपछि माछा सार्न थालिएको हो । यसअघि पनि झन्डै सात सय माछा बालाजुको माछापोखरीमा सारिएको थियो।
काठमाडौं महानगरपालिका भौतिक निर्माण महाशाखा प्रमुख डा. उत्तरकुमार रेग्मीले रानीपोखरीका माछा टिनको ड्रममा जम्मा गरेर कमलपोखरीमा लगेर छाडन् सुरु गरिएको बताए ।

उनले भने, ‘पोखरीको माछा मंगलबारबाट उठाउन सुरु गरिएको छ । पहिलो दिन सात ड्रम उठाइयो । दोस्रो दिन १२ ड्रम उठाइयो । अझै २५ ड्रमभन्दा धेरै माछा होलान् । सबै माछा कमलपोखरीमा लगेर छाडिनेछ ।’ माछा संकलन गर्न ६ जनाको टोली खटिएको महानगरले जनाएको छ ।
रानीपोखरीका माछा राख्न यसअघि महानगरले चोभारस्थित टौदहसहित विभिन्न ठाउँको अध्ययन गरेको थियो । अन्यत्रभन्दा कमलपोखरी नै उपयुक्त देखिएपछि सार्न थालिएको डा। रेग्मीले बताए । ‘माछा छाड्ने ठाउँ खोज्दै धेरै भौँतिरियौँ । अन्तिममा कमलपोखरी नै उपयुक्त देखिएपछि त्यहीँ स्थानान्तरण गर्न थालिएको हो ।’ नयाँपत्रिका दैनिकबाट ।