काठमाडौं, २२ मंसिर । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले यही मंसिर २४ र २५ गते आफ्नो प्रधान कार्यालय नैकापमा टाटा टिपर मेला संचालन गर्ने भएको छ ।
उक्त टिपर मेलामा ग्राहकहरुले टाटा मोटर्स्को अत्याधुनिक टिपरहरु अवलोकन, छनोट र पुराना टिपरहरु एक्स्चेन्ज गर्ने अवसर प्राप्त गर्नेे कुरा कम्पनीले जानकारी गराएको छ । साथै कम्पनीले ग्राहकहरुको पुराना गाडीहरुको चेक जाँच र खरिद गर्ने नयाँ टिपरहरुका लागि अन द स्पट फाइनान्स र बीमा सुविधा प्रदान गर्ने कुरा जानकारी गराएको छ । यी सम्पूर्ण कार्यक्रमहरु एउटै छानामुनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित सम्पन्न हुने कम्पनीले बताएको छ ।
नेपालभरका टाटा टिपर प्रयोकर्ताहरुका लागि लक्षित गरिएको उक्त टिपर मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने उक्त २ दिने मेलामा दर्शकहरुको उल्लेख्य एवं उत्साहजनक सहभागिता रहने कुरामा कम्पनी आशावादी रहेको छ ।