काठमाडौं, २२ मंसिर । साना किसान बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि एक दशमलब ३१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त निर्णय मंगलबार बसेको बैंकको २७९औं बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट बैंक तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने छ । सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।