बुधबार सेयर कारोबारमा उच्च गिरावट

<p>काठमाडौं, २२ मंसिर । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटे पनि कारोबार रकममा भने उच्च गिरावट भएको छ । बजारमा जम्मा ५० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबारको तुलनामा २७ करोड रुपैयाँले घटी हो । गत साउनमा दैनिक २ अर्ब बढी रुपैयाँको कारोबार भएको बजारमा बुधबार भने उच्च गिरावट आएको छ [&hellip;]</p>

nepse_wednesdayकाठमाडौं, २२ मंसिर । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटे पनि कारोबार रकममा भने उच्च गिरावट भएको छ । बजारमा जम्मा ५० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबारको तुलनामा २७ करोड रुपैयाँले घटी हो । गत साउनमा दैनिक २ अर्ब बढी रुपैयाँको कारोबार भएको बजारमा बुधबार भने उच्च गिरावट आएको छ ।

सो दिन १३७ कम्पनीको ६ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा नेप्से परिसूचक शून्य दशमलब ६१ अंकले घटेर १५५३ दशमलब ९० अंकमा झरेको छ ।

बजारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । ५ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको उक्त कम्पनीको प्रतिकित्ता सेयरको मूल्य ३ हजार ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट बैंक र सिद्धार्थ बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।

Share News