काठमाडौं, २२ मंसिर । रिलायबल डेभलपमेन्ट बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको छ ।
बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।
हाल बैंकको चुक्ता पूँजी ७८ करोड रुपैयाँ रहेको छ । २९ प्रतिशत बोनस पश्चात बैंकको पूँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । बुधबार बैंकको प्रतिकित्ता सेयर करिब ५२३ रुपैयाँमा कारोबार भइरहेको छ ।