बूढीगण्डकी बनाउँन पेट्रोलियमबाटै चार महिनामै तीन अर्ब, आयोजना बनाउने लागत जम्मा दुई खर्ब ५९ अर्ब

<p>काठमाडौं २२, मंसिर । काठमाडौंः नेपाल आयल निगमले बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि तीन अर्ब रुपैयाँ संकलन गरेको छ । निगमले भन्सार बिन्दुमा पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटरमा पाँच रुपैयाँका दरले संकलन गरी तीन अर्ब रुपैयाँ जम्मा गरेको हो । निगम प्रवक्ता भानुभक्त खनालले बूढीगण्डकी पूर्वाधारका लागि तीन अर्ब रुपैयाँ संकलन गरी सरकारको खातामा [&hellip;]</p>

काठमाडौं २२, मंसिर । काठमाडौंः नेपाल आयल निगमले बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि तीन अर्ब रुपैयाँ संकलन गरेको छ । निगमले भन्सार बिन्दुमा पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटरमा पाँच रुपैयाँका दरले संकलन गरी तीन अर्ब रुपैयाँ जम्मा गरेको हो ।

निगम प्रवक्ता भानुभक्त खनालले बूढीगण्डकी पूर्वाधारका लागि तीन अर्ब रुपैयाँ संकलन गरी सरकारको खातामा जम्मा गरिएको जानकारी दिए । कात्तिक महिनासम्म २ अर्ब ५० करोड र मंसिर महिनामा ५० करोड गरी तीन अर्ब रुपैयाँ संकलन गरिएको प्रवक्ता खनालको भनाइ छ ।

निगमले बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माण गर्न प्रत्येक महिनामा रकम संकलन गर्दै आएको छ । सरकारले चालू आवको बजेटमार्फत बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि प्रतिलिटर इन्धनमा पाँच रुपैयाँ शुल्क लगाएको थियो । सोहीअनुरुप निगमले प्रत्येक महिनामा रकम संकलन गरी सरकारको खातामा जम्मा गर्दै आएको छ ।

निगमले आफ्नो नाफाबाट प्रतिलिटर डिजेल, पेट्रोल र हवाई इन्धनबाट पाँच रुपैयाँका दरले उठाएर अहिलेसम्म तीन अर्ब रुपैयाँ संकलन गरिसकेकोे छ । सरकारले यो वर्ष पूर्वाधार करबाट सात अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।

उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी निगमले आयात गर्ने पेट्रोल डिजेल र हवाई इन्धनमा भन्सार बिन्दूमा पूर्वाधार कर लगाई रकम संकलन गर्दै आएको छ । लामो समयदेखि ऋणमा रहेको निगम नाफामा गएपछि बूढीगण्डकीको पूर्वाधार निर्माणको लागि रकम छुट्याउँदै आएको छ ।

निगमले १५ जेठदेखि पूर्वाधारको लागि रकम संकलन गर्दै आएको छ । बूढीगण्डकी जलविद्युत् विकास समिति अध्यक्ष डा। लक्ष्मीप्रसाद देवकोटाले आयोजना बनेपछि एक तिहाई आयातीत डिजल घट्ने र एलपी ग्यासलाई पूरै विस्थापन गर्न सकिने बताए ।

“बढ्दो इन्धन आयात प्रतिस्थापन गर्न पनि बूढीगण्डकी आवश्यक छ,” उनले भने, “अहिले जुन इन्धनमा कर लगाइएको छ, यसले आयोजना बनाउन सहयोग गर्छ ।” आयोजनाको कुल लागत दुई खर्ब ५९ अर्ब अनुमान गरिएको छ । कारोबार दैनिकबाट ।

Share News