फस्टायो गरिबसँग जोडिएको व्यापार, माइक्रोफाइनान्सको बोनस ८० प्रतिशतसम्म

<p>काठमाडौं, २१ मंसिर । गरिबहरुको उत्थानको लागि खोलिएको लघुवित्त विकास बैंकहरुले गरिबलाई नै लगानी गरी कमाएको रकमबाट लगानीकर्ताहरुलाई ८० प्रतिशत सम्म लाभांश बाँडेका छन् । उनीहरुले गत आर्थिक वर्षको नाफाबाट ८० प्रतिशतसम्म लाभांश दिएका हुन् । नेपाल राष्ट्र बैंकबाट ४२ वटा माइक्रोफाइनान्सहरुले स्वीकृति लिएकोमा हालसम्म १४ वटा माइक्रोफाइनान्सले लाभांशको घोषणा गरिसकेका छन् । अहिलेसम्मकै सबैभन्दा [&hellip;]</p>

काठमाडौं, २१ मंसिर । गरिबहरुको उत्थानको लागि खोलिएको लघुवित्त विकास बैंकहरुले गरिबलाई नै लगानी गरी कमाएको रकमबाट लगानीकर्ताहरुलाई ८० प्रतिशत सम्म लाभांश बाँडेका छन् । उनीहरुले गत आर्थिक वर्षको नाफाबाट ८० प्रतिशतसम्म लाभांश दिएका हुन् । नेपाल राष्ट्र बैंकबाट ४२ वटा माइक्रोफाइनान्सहरुले स्वीकृति लिएकोमा हालसम्म १४ वटा माइक्रोफाइनान्सले लाभांशको घोषणा गरिसकेका छन् ।

अहिलेसम्मकै सबैभन्दा बढी नागवेली लघुवित्त विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई ६० प्रतिशत बोनस र २० प्रतिशत नगद गरी ८० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै स्वाबलम्बन लघुवित्त विकास बैंकले ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश गरी ५३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । निर्धन उत्थान विकास बैंकले २० प्रतिशत सेयर र ११.५७ प्रतिशत नगद गरी ३१.७५ प्रतिशत लाभांश घोषणा गरेको , भने एनएमबी माइक्रोफाइनान्सले २५ बोनस, १.३१ प्रतिशत नगद गरी २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरी सकेको छ ।

मेरो माइक्रोफाइनान्सले १० नगद १० प्रतिशत बोनस सेयर गरी २० प्रतिशत, फस्ट माइक्रोफाइनान्स वित्तिय संस्थाले १५ बोनस सेयर र ०.७९ नगद गरी जम्मा १५.७९ प्रतिशत, विजय लघुवित्त विकास बैंकले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २० प्रतिशत, किसान माइक्रोफाइनान्सले ६१ प्रतिशत बोनस र ३.२१ नगद गरी ६४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै रिलायवल माइक्रो फाइनान्सले २० प्रतिशत नगद लाभांश मात्र दिने भएको छ ,भने वोमी माइक्रो फाइनान्स वित्तिय संस्थाले २० प्रतिशत सेयर र १.११ प्रतिशत नगदगरी २१.११ प्रतिशत लाभांसको घोषणा गरेको छ । आइएलएफ्सीओ माइक्रोफाइनान्सले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत बोनस र २.३६ प्रतिशत नगद गरी ५२.३६ प्रतिशत लाभांश दिने भएको छ ।

छिमेक लघुवित्त विकास बैंकले ४० प्रतिशत बोनस सेयर र १२.७ प्रतिशत नगद लाभांश गरी ५२.७ प्रतिशत लाभांश घोषणा गरेको भने रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।
यसरी गरिवसँग जोडिएर व्यापार गर्ने माइक्रोफाइनान्सहरुले आगामी दिनमा भने यत्ति धेरै मात्रामा लाभांश दिन सक्ने छैनन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत माइक्रोफाइनान्सहरुको स्प्रेडदर ७ प्रतिशत तोकेको छ भने बैंकहरुले पनि दुई प्रतिशत प्रत्यक्ष रुपमा विपन्न वर्गमा लगानी गर्नुपर्ने छ । यसअघि क वर्गका बाणिज्य बैंकहरुबाट सस्तो व्याजदरमा विपन्न वर्ग कर्जा लिइ २४ प्रतिशत सम्म व्याज लिने गरेका थिए । जसबाट उनीहरुले राम्रो नाफा कमाइरहेका थिए ।

Share News