काठमाडौं, २१ मंसिर । मेलम्चीको मुहानमा भेटिएको सुन जस्तै पहेँलो धातु सुन नभएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले गरेको ल्याब परिक्षणले सो धातु सुन नभएको पुष्टि भएको हो ।‘मेलम्चीको मुहानमा भेटिएको पहेँलो धातु सुन र तामा दुबै होइन’, विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरेले विकासन्युजसँग भने ।
उनले सुन जस्तै देखिने पहेँलो धातु फ्लेकोप्राइट हुन सक्ने पनि बताए । ‘अन्तिम ल्याब रिपोर्र्ट आएको छैन तर त्यो अग्रख जस्तो देखिने फ्लेकोप्राइट नामको धातु हुन सक्ने देखिएको छ’, निमित्त महानिर्देशक घिमिरेले भने ।
गत बिहिबार मेलम्चीको मुहान नजिकै सुन जस्तै पहेँलो धातु फेला परेको थियो । सो धातु सुन हुन सक्ने भन्दै तत्काल कडा सुरक्षा निगरानीमा राखेर नमुना परिक्षणका लागि खानी विभागमा पठाइएको थियो ।
यद्यपी स्थानियले भने सो धातु सुन नै भएको दावी गरिरहेका छन् ।पहेँलो धातु भेटिए लगत्तै मुहानमा मेलम्चीको काम समेत रोकिएको थियो ।