लगानी कर्ताहरुलाई हतोत्साहित नभई सर्तकता अपनाई लगानी गर्न धितोपत्र बोर्डको सुझाव

<p>काठमाडौं, २० मंसिर । नेपाल धितोपत्रा बोर्डले धितोपत्र लगानीकर्ताहरुलाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको आधारभूत तथा प्राविधिक पक्षको जानकारी लिई हतोत्साहित नभई हल्लाको पछि नलागी सुझबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन बोर्ड अनुरोध गरेको छ । बोर्डले विगत केही समय यता बोर्डले स्टक मार्केटको विकास तथा सुधारका लागि विभिन्न [&hellip;]</p>

काठमाडौं, २० मंसिर । नेपाल धितोपत्रा बोर्डले धितोपत्र लगानीकर्ताहरुलाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको आधारभूत तथा प्राविधिक पक्षको जानकारी लिई हतोत्साहित नभई हल्लाको पछि नलागी सुझबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन बोर्ड अनुरोध गरेको छ ।

sebonबोर्डले विगत केही समय यता बोर्डले स्टक मार्केटको विकास तथा सुधारका लागि विभिन्न कार्यहरु अगाडि बढाईरहेको स्मरण गराएको छ । वास्तविक क्षेत्रका संगठित संस्थाहरुले जारी पूँजीको दश प्रतिशत सार्वजनिक निष्काशन गर्न सक्ने, निश्चित मूल्यको सट्टा स्वातन्त्र मूल्यमा सेयर निष्काशन गर्न सकिने, आईएफसी, एडीबी जस्ता अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने र स्वार्थको लडाईलाई सम्बोधन हुने आदि व्यवस्था भएको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अर्थ मन्त्रालयबाट स्वीकृत भईलागू गरेको विषयलाई बोर्डले स्मरण गराएको छ ।

उल्लेखित व्यवस्थाले वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेश सहजिकरण भई दोस्रो बजार व्यापक भै बजारको संरचनात्मक सुधार हुने बोर्डको विश्वास रहेको छ । साथै सार्वजनिक निष्काशन प्रकृयालाई थप सरल, व्यवस्थित, पारदर्शि तथा छिटो छरितो बनाई सार्वजनिक निष्काशन लागतलाई समेत न्यून गर्न बोर्डले यही माघदेखि आस्वा प्रणाली लागू गर्ने निर्णय गरेको छ । यो प्रणाली लागू भएपश्चात धितोपत्रको प्राथमिक बजारमा संरचनात्मक परिवर्तन हुने अपेक्षा रहेको छ ।

बोर्डले भनेको छ–बजार सुधार कार्यक्रम अन्तर्गत गत माघदेखि पूर्ण अभौतिकिकरण गरी पूर्ण स्वचालित धितोपत्र कारोवार, बजारको गहिराई हेर्न सक्ने, धितोपत्र दलाल व्यवसायीको शुल्कलाई उल्लेख्य रुपमा घटाइएको, हकप्रद तथा बोनश सेयर सिधै आफ्नो डिम्याट खातामा जम्मा हुने व्यवस्था गरी लगानीकर्ताहरुलाई कारोवार गर्न सहजिकरण गर्दै आइरहेको छ । साथै बोर्र्डले नेप्सेलाई क्लियरिङ्ग बैंक थप्न तथा काठमाडौं उपत्यका बाहिर दलाल व्यवसायीहरुको शाखा विस्तार गर्ने वा दलाल व्यवसायी थप गरी क्षमता विस्तार गर्न पुनः निर्देशन दिएको छ । यसरी बजार सुधार गर्दे लगिएको, समग्र अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको र धेरै जसो सूचिकृत संगठित संस्थाहरुको कार्य सम्पादनको स्थिति सन्तोषजनक रहेकोले लगानीकर्ताहरु बजारको अवस्था प्रति हतोत्साहित हुने अवस्था देखिदैन ।

Share News