सिटिजन्स बैंक इन्टरनेशनलले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रवन्धकमा सानिमा क्यापिटल नियुक्त

<p>काठमाडौं, २० मंसिर । सिटिजन्स बैंक इन्टरनेशनले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्कासनको लागि बैंकले बिक्री प्रवन्धकको रुपमा नक्सालको सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सिटिजन्स बैंकको दशौं वार्षिक साधारण सभावाट पारित अनुसार बैंकले एक करोड ३८ लाख ४३ हजार ३०० कित्ता हकप्रद शेयर चालु आर्थिक वर्षको चैत [&hellip;]</p>

काठमाडौं, २० मंसिर । सिटिजन्स बैंक इन्टरनेशनले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्कासनको लागि बैंकले बिक्री प्रवन्धकको रुपमा नक्सालको सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

citizen_with_sanima_capital

सिटिजन्स बैंकको दशौं वार्षिक साधारण सभावाट पारित अनुसार बैंकले एक करोड ३८ लाख ४३ हजार ३०० कित्ता हकप्रद शेयर चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निष्काशन गर्ने भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । हाल बैंकको चुक्ता पूँजी ५ अर्व ५३ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद सेयरको वाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी ६ अर्व ९२ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

Share News