सिद्धार्थ बैंकले ३९ प्रतिशत बोनस दिने

<p>काठमाडौं, २० मंसिर । सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीहरुलाई १ अर्ब ४७ करोड रुपैयाँ बराबरको बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेकोे छ । उक्त प्रस्ताव आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित बोनस शेयरको उक्त रकम बैंकले हालै जारी गरेको हकप्रद शेयर बाँडफाँड पछिको पुँजीको ३९ प्रतिशत हुन आउँदछ । उक्त बोनस शेयर नेपाल [&hellip;]</p>

siddhartha_bankकाठमाडौं, २० मंसिर । सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीहरुलाई १ अर्ब ४७ करोड रुपैयाँ बराबरको बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेकोे छ । उक्त प्रस्ताव आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको हो ।

प्रस्तावित बोनस शेयरको उक्त रकम बैंकले हालै जारी गरेको हकप्रद शेयर बाँडफाँड पछिको पुँजीको ३९ प्रतिशत हुन आउँदछ । उक्त बोनस शेयर नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी पन्ध्रौं साधारणसभाबाट पारित भएपछि बैंकका शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।

चालु आर्थिक वर्ष २०७३/७४को आश्विन मसान्तसम्ममा बैंकले ३५ करोड खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । सोही अवधिमा बैंकले कुल निक्षेप ७० अर्ब ५ करोड रुपैयाँ संकलन गरी ५८ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले हाल नेपालभर ६३ शाखा, ८२ ए.टि.एम र विभिन्न ६८ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Share News