काठमाडौं, २० मंसिर । मिर्मिरे माइक्रोफाइनान्सस डेभलपमेन्ट बैंकले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने भएको छ । माइक्रोफाइनान्सले कर प्रयोजनको लागि २.६३ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।
बनेपा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले बोनस सेयर जारी गरेपछि १ बराबर ०.२५ अनुपातमा (२५ प्रतिशत) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
यस फाइक्रोफाइनान्सले अधिकृत पुँजी ४ करोडलाई वृद्धि गरी १० करोड रुपैयाँ बनाउने भएको छ । आईतबार बसेको कम्पनीको सञ्चालक समिति बैंठकले गरेका उल्लेखित निर्णय अनुमोदन गर्न पुस १४ गते छैटौ वार्षिक साधारणसभा बोलाएको छ ।