प्रधानमन्त्रीको कार्यालयबाट हामीले के सिक्ने ? प्रवक्ताले रेग्मीले भने–‘गल्ती भयो, क्षमा प्राप्ति छु’

<p>काठमाडौं, १९ मंसिर । सबैभन्दा पहिला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्ती पढौं । यो विज्ञप्ती कुन भाषामा लेखिएको छ ? हेरौं । यो विज्ञप्ती पढेपछि नेपाली भाषालाई माया गर्ने, नेपाली भाषा बचाउन र प्रवद्र्धन गर्न लागी पर्ने, नेपाली भाषाको शुद्ध प्रयोग र विस्तारमा जोडदार लाग्ने अग्रज तथा अभियान्ताहरुको मन कति दुख्दो [&hellip;]</p>

काठमाडौं, १९ मंसिर । सबैभन्दा पहिला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्ती पढौं । यो विज्ञप्ती कुन भाषामा लेखिएको छ ? हेरौं ।

pm-office

press-release-2

यो विज्ञप्ती पढेपछि नेपाली भाषालाई माया गर्ने, नेपाली भाषा बचाउन र प्रवद्र्धन गर्न लागी पर्ने, नेपाली भाषाको शुद्ध प्रयोग र विस्तारमा जोडदार लाग्ने अग्रज तथा अभियान्ताहरुको मन कति दुख्दो हो ?

वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी भन्छन्–यस विज्ञप्तीमा प्रयोग भएका अंग्रजी शब्द तथा वाक्यहरु सबै शुद्ध नेपाली भाषामा उल्था गर्न सकिन्थ्यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् जस्तो सरकारको सर्वोच्च निकायले जारी गर्ने प्रेस विज्ञप्तीको भाषा यस्तो हुनु गल्ती हो र असोभनीय हो ।’ हामी नेपाली भाषामा धेरै धनी भएपनि प्रयोगमा गरिव भएको उनले बताए ।

वरिष्ठ पत्रकार रेग्मीको अनुभवमा प्रधानमन्त्रीको कार्यालय, मन्त्रालय, संबैधानिक अंग लगायत सरकारी निकायले प्रयोग गर्ने भाषामा यस्ता गल्ती बारम्बार दोहोरिने गरेको पाईन्छ । ‘महत्वपूर्ण निर्णयहरुको साथै प्रधानमन्त्रीको कार्यालयबाट हामीले धेरै अपेक्षा गरेका हुन्छौं । सरकारको सर्बोच्च निकायमा प्रगोग हुने भाषा, प्रस्तुती, कार्यशैली, आचरण, संस्कार धेरै कुरा हामीले सिक्ने ठाउँ हो । प्रधानमन्त्रीको कार्यालयमा प्रयोग हुने भाषा यस्तो हुन्छ भने स्तरीय भाषा हामीले कहाँबाट सिक्ने ?’

प्रधानमन्त्रीको कार्यालयमा प्रयोग हुने भाषा यस्तो हुन्छ भने स्तरीय भाषा हामीले कहाँबाट सिक्ने ? उक्त विज्ञप्तीका हस्ताक्षर गर्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव दामोदर रेग्मीलाई हामीले यहि प्रश्न गर्यौं ।

‘विज्ञप्तीमा हस्ताक्षर गर्नुभन्दा पहिला मेरो मनमा तपाईले सोधेकै प्रश्न उब्जेको थियो । तर ५ बज्नै लागेको थियो । भाषा सच्चाएपछि मात्र हस्ताक्षर गर्छु भन्नलाई समय भएन ।’

उनले तत्काल गल्ती स्वीकार गरे भने–‘प्रवक्ता भएकोले मैले सहि गर्नै पर्यो । तर गल्ती भयो । क्षमा प्राप्ति छु ।’

Share News