सुन जस्तै धातुको ल्याब रिपोर्ट तीन दिन भित्रै, स्थानीयले सुनका गहना लगाई सकेः शेर्पा

<p>काठमाडौं, १९ मंसिर । गत बिहिबार मेलम्ची खानेपानी आयोजनाको मुहान नजिकै फेला परेको पहेलो धातुको ल्याब रिपोर्ट तीन दिनपछि मात्रै आउने भएको छ । खानी तथा भुगर्भ विभागले तीन दिन लगाएर परिक्षण गरेपछि मात्रै सुन जस्तै देखिएको धातुको वास्तविकता पत्ता लगाउन सकिने बताएको छ । ‘ढिक्का थियो भने एक छिनमै तथ्य पत्ता लगाउन सकिन्थ्यो, तर [&hellip;]</p>

melamchi-radioकाठमाडौं, १९ मंसिर । गत बिहिबार मेलम्ची खानेपानी आयोजनाको मुहान नजिकै फेला परेको पहेलो धातुको ल्याब रिपोर्ट तीन दिनपछि मात्रै आउने भएको छ । खानी तथा भुगर्भ विभागले तीन दिन लगाएर परिक्षण गरेपछि मात्रै सुन जस्तै देखिएको धातुको वास्तविकता पत्ता लगाउन सकिने बताएको छ ।

‘ढिक्का थियो भने एक छिनमै तथ्य पत्ता लगाउन सकिन्थ्यो, तर परिक्षणका लागि प्राप्त नमुनामा चट्टान रहेछ, तीन दिनपछि मात्रै रिपोर्ट दिन सक्छौं’, खानी तथा भुगर्भ विभागका निमित्त महानिर्देशक राम प्रसाद घिमिरेले भने ।
आइतबार मेलम्ची खानेपानी आयोजना सरोकार समितिका पदाधिकारीहरुको उपस्थितीमा सुन जस्तै देखिने धातुको नमुना सार्वजनिक गरिएको हो ।

गाउँलेले सुनका गहना लगाई सके : शेर्पा
मेलम्ची खानेपानी आयोजना सरोकार समितिका अध्यक्ष भालु शेर्पाले मेलम्चीका स्थानिय जनताले खानीबाट निस्किएको पहले धातु पगालेर गहना लगाईसकेको दावी गरे ।‘गाउँका सुनारले खानीबाट निस्केको धातु पगालेर सुनका गहना लगाईसकेका छन्’, आइतबार खानी विभागमा ल्याब परिक्षणका लागि नमुना बोकेर पुगेका शेर्पाले भने ।

विभागले भने ल्याब परिक्षण बिना केहि भन्न नसकिने स्पष्ट पारेको छ । विभागको ल्याबका प्रमुख शैलेश कुमार झाले भने–‘यो टेक्निकल कुरा हो, अनुमानका भरमा केहि भन्न सक्दैनौं, हामी ल्याब परिक्षण गरेपछि के हो पत्ता लगाउनेछौं ।’

Share News