काठमाडौं, १९ मंसिर । आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा नेप्से परिसूचक २८ दशमलब ९७ अंकले घटेको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन जम्मा ७० करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १३७ कम्पनीको १० लाख ११ हजार कित्ताल सेयर किनबेच भएको हो ।

आइतबारको बजारमा निकै उतावचढाव भएको देखिन्छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक २६३ दशमलब ६८ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बैंकिङ, विकास बैंक, अन्य समूह र फाइनान्स समूहको परिसूचक क्रमशः ३८, २५.७८, २५.१७, १४ र ९ अंकले घटेका छन् । होटल र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ५५ र ५ अंकले उकालो लागेका छन् ।
बजारमा सबैभन्दा बढी रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था र आइएलएफसिओ माएक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् ।
सोे दिन हाम्रो विकास बैंक, अरुण फाइनान्स र जेबिल्स फाइनान्स कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । आइतबार यी कम्पनीको प्रतिकित्ता सेयर मूल्य क्रमशः ५४७, १९१ र २८१ रुपैयाँ रहेको छ ।
बजारमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक र मेगा बैंकको धेरै कारोबार भएको छ । यी तीन कम्पनीको ५ करोड भन्दा बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको ४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।