काठमाडौं, १७ मंसिर । ओम डेभलपमेन्ट बैंकले सेयरधनीलाई २९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ३० करोड ७४ लाख ३२ हजार रुपैयाँ वृद्धि भई १ अर्ब ३६ करोड रुपैयाँ हुनेछ ।
त्यस्तै बैंकले अधिकृत पुँजी १०० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । हाल बैंकको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेकोमा वृद्धि गरी ३ अर्ब रुपैयाँ बनाउने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्न बैंकले पुस ८ गते साधारणसभा बोलाएको छ । सो साधारणसभामा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनी समूहको तर्फबाट ४ जना गरी ८ जना सञ्चाक समितिको निर्वाचन समेत हुने भएको छ । साधारणसभा पोखराको ग्राण्ड होटलमा राखिएको छ ।