काठमाडौं, मंसिर १६ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बिहीबार चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन् । उक्त अवसरमा माननीय मन्त्रीले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना गरेका थिए ।

लेखकले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गरेका छन् । साथै उनले भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेका हुन् ।

मन्त्री लेखकले अवलोकन भ्रमण पश्चात चन्द्रागिरि हिल्स कम्पनी परिवारलाई हौसला प्रदान गरेका छन् ।