काठमाडौं, १६ मंसिर । साताको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । बिहीबार परिसूचक ७ दशमलब ८४ अंकले ओरालो लागेर १६०० अंकमा झरेको छ । परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने सुधार भएको छ । सो दिन १३८ कम्पनीको १६ हजार ४३ लाख कित्ता सेयर १ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ ।

सो दिन सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
बिहीबार विकास बैंक, उत्पादनमूलक र अन्य समूह बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । विकास बैंक, उत्पादनमूलक र अन्य समूहको परिसूचक क्रमशः ९, ३ र २ अंकले उकालो लागेका छन् । हाइड्रोपावर, होटल, बीमा र बैंकिङ् समूहको परिसूचक क्रमशः ४२, ३७, ३६ र ११ अंकले ओरालो लागेका छन् । फाइनान्स समूहको परिसूचक सामान्य ५.०३ अंकले झरेको छ ।
बजारमा सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । विजया लघुवित्त वित्तीय संस्था, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था र नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।