काठमाडौं १५ मंसिर । नेपाल पत्रकार महासङ्घले गत साउनमा ब्लड क्यान्सर भएर निधन भएका ललितपुरका पत्रकार दिलीप लामाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
महासङ्घमा आज आयोजित कार्यक्रममा अध्यक्ष डा महेन्द्र विष्टले लामाकी श्रीमती गीतादेवी ग्याल्बोलेलाई नगद रु ५७ हजार ९८० प्रदान गरेका छन् ।
उनले पत्रकार महासंघ ललितपुर शाखाले रु ५२ हजार ९८० र नेपाल अमेरिका पत्रकार संघले उपलब्ध गराएको पाँच हजार एकमुष्ट ग्याल्बोलेलाई प्रदान गरेका हन् उक्त कार्यक्रममा अध्यक्ष विष्टले एक पछि अर्को गर्दै होनाहार पत्रकार गुमाउनुु परेको भन्दै दुःख व्यक्त गरे ।
कार्यक्रममा ललितपुर जिल्ला शाखा अध्यक्ष लेखनाथ न्यौपाने, प्रेस चौतारी नेपालका ललितपुर जिल्ला अध्यक्ष डिल्ली आचार्य, प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्की लगायतको उपस्थित रहेको थियो । रासस