डलर अहिले सम्मकै उच्च, मंगलबार ११० रुपैयाँ २६ पैसामा कारोबार

<p>काठमाडौ, १४ मंसिर ।  अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरीकी डलर बराबर ११० रुपैयाँ २६ पैसा तोकेको छ । २०७२ फागुन ११ गते एक डलर बराबर ११० रुपैयाँ ४ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैकले जनाएको छ । अमेरिकाको केन्द्रिय बैंकले व्याजदर बढाउने संकेत गरेपछि [&hellip;]</p>

Dollarकाठमाडौ, १४ मंसिर ।  अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरीकी डलर बराबर ११० रुपैयाँ २६ पैसा तोकेको छ । २०७२ फागुन ११ गते एक डलर बराबर ११० रुपैयाँ ४ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैकले जनाएको छ ।

अमेरिकाको केन्द्रिय बैंकले व्याजदर बढाउने संकेत गरेपछि डलरको भाउ बढ्न थालेको नेपाल राष्ट्र बैंकका निर्देशक बासुदेव अधिकारीले बताए ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै उनले व्यारमैत्री नीति ल्याउने आँकलन गरिएको छ । एकातिर व्याजदरका कारण डलर महंगो भइरहेको छ भने अर्को तर्फ भारतमा ५०० र एक हजारका नोट प्रतिवन्धित रहेको छ । जसले भारतीय मुद्रा कमजोर भएको छ ।

‘भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेकोले भारतीय मुद्रा कमजोर हुदा नेपाली रुपैयाँ पनि कमजोर हुने गरेको छ,‘ –अधिकारीले भने । एक सातामा नै नेपाली रुपैयाँ डलरसँग करिव चार रुपैयाँको हाराहारीमा कमजोर भईसकेको छ ।

Share News