प्राइम कर्मशियल बैंकको ८९ करोड बोनस सेयर स्वीकृत, ४ लाख ८४ हजार कित्ता सेयर लिलामीमा

<p>काठमाडौं, १३ मंसिर । प्राइम कर्मशियल बैंकले प्रस्ताव गरेको ८९ करोड २२ लाख १० हजार ३२१ रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ करोड ४८ लाख ९३ हजार १७९ नगद लाभांश बितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । साथै प्राइम बैंकले गत भदौ र असोजमा निष्काशन गरेको हकप्रद सेयर बाडाफाँड [&hellip;]</p>

काठमाडौं, १३ मंसिर । प्राइम कर्मशियल बैंकले प्रस्ताव गरेको ८९ करोड २२ लाख १० हजार ३२१ रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ करोड ४८ लाख ९३ हजार १७९ नगद लाभांश बितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।

साथै प्राइम बैंकले गत भदौ र असोजमा निष्काशन गरेको हकप्रद सेयर बाडाफाँड गरेको छ । हकप्रद सेयरका लागि आवेदन नपरेको ४ लाख ८४ हजार ६९४ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले गत भदौं १२ देखि असोज १६ गतेसम्म ३ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो ।

Share News