काठमाडौं, १३ मंसिर । सेन्ट्रल फाइनान्सले लगानीकर्तालाई २३ दशमलब ६८ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले २२ दशमलब ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशलमब १८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रश्ताव गरेको छ ।
कम्पनीको उक्त प्रश्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । बैंकको स्वीकृत प्रश्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल कम्पनीको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैयाँ रहेको छ । २३ दशमलब ६८ प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ३० करोड ४९ लाख रुपैयाँ पुग्ने छ । सोमबार कम्पनीको प्रतिकित्ता सेयर २१४ रुपैयाँमा किनबेच भएको छ ।