काठमाडौं, १३ मंसिर । सेयर बजार उकालोतर्फ लागेको छ । सोमबार ओरालो लागेर दुईपटकसम्म सर्किट ब्रेकर लागेर दुईबजेपछि बजार उकालो लागेको छ । अहिलेसम्म बजार ३४.०७ अंकले बढीसकेको छ । बजारमा दवदवा राख्ने बैकिङ समूह, होटल, विकास बैंक, इन्सुरेन्स र अन्य पनि उकालो लागि रहेका छन् । जलविद्यतु,फाइनान्स र उत्पादनमूलक समूहको पनि उकालो लाग्ने तरखरमा रहेका छन् ।
सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ले आइतबार लगानीकर्ताहरुलाई नआत्तिन आग्रह गरेको थियो । त्यसको असर सोमबारको बजारमा देखिएको छ । नेप्सेले कुनै कारण विना हल्लाको पछि लागेर सेयर विक्रि गर्दा पाउने लाभाबाट बन्चित हुनुपर्ने भन्दै लगानीकर्ताहरुलाई विवेकपुर्ण ढंगले लगानी गर्न आग्रह गरेको थियो ।