नेपाली राजदूत अमृतबहादुर राई गैरआवासीय राजदूतमा नियुक्ति

<p>काठमाडौं, १२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई लेसोथो अधिराज्य, तान्जानिया र मौरिससका लागिसमेत गैरआवासीय राजदूतमा आइतबार नियुक्ति गरेका छन् । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत राईलाई ती मुलुकहरुको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस</p>

काठमाडौं, १२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई लेसोथो अधिराज्य, तान्जानिया र मौरिससका लागिसमेत गैरआवासीय राजदूतमा आइतबार नियुक्ति गरेका छन् ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत राईलाई ती मुलुकहरुको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

Share News